सूचनाको शक्ति - The Power Of Information

        

प्रतिवादी बनाइएका १८ जनालाई छाड्न आदेश किन दिइयो ?

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनालाई छाड्न आदेश दिएको छ ।

पक्राउ परेका मध्ये १७ जनालाई धरौटीमा र एक जनालाई सामान्य तारेखमा छाड्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले केशव तुलाधरलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै उनी रिहा भएका छन् । जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराईसँग ३ लाख ३० हजार, भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजार, सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिनियर डिभिजनका इन्जिनियर बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजासँग १५ लाख र नापी कार्यालय डिल्लीबजार काठमाडौंका तत्कालीन सर्भेक्षक घमनकुमार कार्कीसँग ७ लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

यसैगरी, अदालतले मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंका तत्कालीन खरिदार गोपाल कार्कीसँग ७ लाख ५० हजार, समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोदप्रसाद पौडेलसँग १५ लाख, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा योगराज पौडेलसँग ७ लाख ५० धरौटी मागेको छ ।

समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरी घिमिरेसँग ७ लाख ५०, खरिदार नारायणराज मिश्रसँग ७ लाख ५० हजार र नापी कार्यालय मैतीदेवी काठमाडौंका तत्कालीन अमिन अरुणकमार श्रेष्ठसँग ७ लाख ५० माग गरिएको छ ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ०७:२८