सूचनाको शक्ति - The Power Of Information

        

नेपाली महिला क्रिकेट टोली युएईसँग प्रतिस्पर्धामा गर्दै

नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । 

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित खेल मैदानमा हुनेछ । जानकारी अनुसार सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनेछ। 

जारी प्रतिस्पर्धामा लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइ सकेका छन्। नेपाल र युएई दुवै राष्ट्रिय टोलीको समान ८ अंक रहेको छ।

तर, युएई नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहँदा नेपाल भने दोस्रो स्थानमा छ। आजको खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ०७:५०