सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजा ज्ञानेन्द्र जन्मदिन मनाउन आज नेपालगन्ज आउँदै

बाँके । पूर्वराजा ज्ञानेन्द्र शाह आज नेपालगन्ज आउने भएका छन् । आफ्नो ७२ औं जन्मोत्सव मनाउन उनी नेपालगन्ज आउन लागेको निकट श्रोतले जनाएको छ । पूर्वराजाको जन्मोत्सव मनाउन नेपालगन्जमा भुवनकृष्ण श्रेष्ठको संयोजकत्वमा नागरिक मुल समारोह समिति गठन गरिएको छ ।
मुल समारोह समितिले नेपालगन्जको सेतुबिक चोकमा कार्यालय स्थापना गरी पूर्वराजाको जन्मोत्सव भवय रुपमा मनाउने तयारी गरिरहेको छ । पूर्वराजाको नेपालगन्ज विमानस्थलमा जनस्तरबाट भव्य स्वागतको तयारी भैरहेको नागरिक मुल समारोह समितिका संयोजक श्रेष्ठले बताए ।
पूर्वराजाको जन्मोत्सव मनाउन नेपालगन्जमा बिभिन्न उपसमितिहरु समेत गठन गरिएको नागरिक मुल समारोह समितिका महासचिव भिमबहादुर शाहीले जानकारी दिए । पूर्वराजाको यही असार २३ गते जन्मदिन परेको छ । नेपालगन्जको होटल सोल्टीमा जन्मोत्सव मनाउने तयारी गरिएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालका उपाध्यक्ष ऋषिराज देवकोटाका अनुसार पूर्वराजा आज दिउँसो ४ः४५ बजेको उडानबाट नेपालगन्ज आउनेछन् । समयसम्म नेपालगन्जमै रहने भएपछि पूर्वराजाको धार्मिक भेटघाट र राजनीतिक भेटघाटसमेत रहने जनाइएको छ ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार ०३:१३