नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट कुन्दनराज काफ्लेले राजिनामा दिएका छन् ।
काफ्लेले आज बिहान नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामालाई प्रमुख सचेतक पदबाट राजिनामा बुझाएका हुन् ।
राजिनामा दिएपछि सामाजिक सन्जालमा लेख्दै कफ्लेले भनेका छन्-‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु ।’
यस्तो लेखेका छन् काफ्लेले सामाजिक सन्जालमा:
सत्यपाटी संवाददाता । काठमाडौँ