सूचनाको शक्ति - The Power Of Information

        

विवाह बन्धनमा बाँधिइन् अभिनेत्री निरुता सिंह

 अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा प्रवेश गरेकी छिन् ।

लामो समयदेखि परिवारसँग मुम्बईमा बस्दै आएकी निरुताले भदौ १४ गते बिहीवार मुम्बईका सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् ।

निरुताले सामाजिक सञ्जालमा शेयर गरेको विवाहको एउटा तस्वीरमा उनी श्रीमानसँग खुसी देखिएकी छिन् । दुवैको गलामा लामो माला र पृष्ठभूमिमा मन्दिर देखिन्छ ।

अभिनेत्री सिंहले विवाह बन्धनमा बाँधिएको जानकारी गराउँदै लेखेकी छिन् – ‘यतिका वर्षदेखि एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरुताजी बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न । आज त्यस प्रश्नको जवाफ दिएकी छु ।’

निरुतालाई प्रशंसक तथा फिल्मकर्मीहरुले वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् । उनी श्रीमान् सँगै चाँडै नेपाल आउने योजनामा छिन् ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १७:३९