सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० भदौ १४ गते बिहीवारको राशिफल

२०८० भदौ १४ गते बिहीवार, ३१ अगस्ट २०२३ । शुद्ध श्रावण शुक्लपक्ष पूर्णिमा तिथि, प्रातः ७ः४९ बजेपछि भाद्र कृष्ण प्रतिपदा । शतभिषा नक्षत्र । चन्द्रराशि कुम्भ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम गर्न सकिनेछ । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ । नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा आंशिक लाभ भए पनि केही समस्या बढ्नेछन् । विवादास्पद कामले समस्या निम्त्याउने देखिन्छ । आम्दानी भइरहे पनि फजुल खर्च बढ्न सक्छ । विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला । काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । तापनि प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा पनि फाइदा हुनेछ । पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । पुरानो सम्झौता भंग हुन सक्छ । शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ । तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन् । प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । उद्योग र व्यापारमा फाइदा हुनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बोलीको प्रभाव बढ्नाले काममा फाइदा हुनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

खर्च लागे पनि दिगो काम गर्न सकिनेछ । खर्चिलो योजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । साँवा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्ला । पछिका लागि लगानी गर्ने समय छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार ०६:४६