सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करी प्रकरण

माओवादी उपाध्यक्षका कृष्ण महराका छोरा हिरासतमा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा आज पक्राउ परेका महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई अनु्मति दिएको हो ।

संगठित सुन तस्करी मुद्दामा महराको अनुसन्धानका लागि सीआईबीमाथि चर्को दबाब परेपछि उनी आज आफैं गएर आत्मसमर्पण गरेका थिए ।

यसअघि पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्ति चोरी गरेर विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १९:४७