सूचनाको शक्ति - The Power Of Information

        

समाजवादी मोर्चाको धनगढी सभा स्थगित

समाजवादी मोर्चाको आज धनगढीमा हुने भनिएको सन्देशसभा स्थगित भएको छ । आज अमेरिकन सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को औपचारिक कार्यान्वयन हुने दिन रहेकाले आज आयोजना गरिएको सो सभा अन्तिम समयमा स्थगित गरिएको हो ।

एमसीसी परियोजनाका बारेमा समाजवादी मोर्चा भित्र नै भिन्न भिन्न बिचार आएपछि आजको सभा स्थगित गरिएको बुझिन आएको छ । सुदूरपश्चिम प्रदेशको आजको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी गरिरहेका थिए ।

अन्तिम समयमा कार्यक्रम स्थगित भएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए । सो मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने पूर्व घोषणा अनुरुप आज सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरिएको थियो । स्थगित सन्देश सभा अब कहिले हुन्छ रु त्यसको भने कुनै जानकारी दिइएको छैन ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १०:१७