सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करी प्रकरण : अनुसन्धानका लागि एसएसपी आचार्य हङकङमा

६० किलो सुन तस्करीको अनुसन्धानका लागि सीआईबीका एसएसपी दिनेश आचार्य हङकङ गएका छन् । प्रहरीको अन्तर्राष्ट्रिय संगठनका इन्टरपोलसँगको समन्वयमा उनी मंगलबार राति हङकङ गएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी कुबेर कडायतले जानकारी दिए ।

तस्करीबारे थप कुरा बुझ्न उनी हङकङ गएका हुन् । सुन तस्करी प्रकरणको अनुसन्धानलाई सीआइबी थप तीव्रता दिएको छ । अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले धनकुटाका एसपी कृष्ण कोइरालालाई समेत काठमाडौं बोलाएको छ ।

विशेष ब्यूरोको डीआइजी रामदत्त जीशीलाई पनि सुन तस्करीको अनुसन्धानमा समन्वयका लागि खटाइएको छ । साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ०८:१६