सूचनाको शक्ति - The Power Of Information

        

पर्यावरण : जलवायु परिवर्तनको कारण !

विज्ञहरूका अनुसार मौसम र समुद्रमा हुने बातावरणिय घटनालाई जलवायु परिवर्तनसँग सीधै जोडेर हेर्न गाह्रो छ किनभने यी कुरा निकै जटिल छन् । यस सम्बन्धमा धेरै अध्ययनहरू भैरहेका छन् तर वैज्ञानिकहरूले भनेका छन्, उनीहरूलाई डर छ कि संसारको अगाडि धेरै डरलाग्दो दृश्यहरू आउँदैछन् ।

लन्डन स्कूल अफ इकोनोमिक्सका वातावरणीय भूगोलविद् डा.थोमस स्मिथ भन्छन्, ‘मलाई अन्य कुनै यस्तो घटना वा समयका बारेमा जानकारि छैन, जब जलवायु प्रणालीका सबै भागहरूले रेकर्ड स्तरमा कुनै न कुनै प्रकारको प्रकोपको सामना गरिरहेका थिए ।’ इम्पेरियल कलेज लन्डनमा जलवायु विज्ञान पढाउने डा.पाओलो सेप्पी भन्छन्, ‘जीवाश्म इन्धन र एल निनो (२०१८ देखि जलवायु परिवर्तनको प्राकृतिक प्रक्रिया)का कारण हुने ग्लोबल वार्मिङका कारण पृथ्वी अब कुनै अज्ञात क्षेत्रमा प्रवेश गरेको देखिन्छ ।

यो गर्मीमा हालसम्म मौसमको रेकर्ड चार पटक तोडिएको छ, जुलाई सबैभन्दा तातो दिन थियो, जुन विश्वव्यापी रूपमा सबैभन्दा तातो महिना थियो, महासागरहरूमा चरम गर्मीको लहर र अन्टार्कटिक समुद्री बरफमा रेकर्ड कमी थियो । हाम्रा लागि मौसममा यी परिवर्तनहरूका संकेत के हुन् र तिनले पृथ्वी र मानव भविष्यलाई कुन हदसम्म असर गर्न सक्छन् । यस पटक विश्वमा जुलाई महिनामा अहिलेसम्मकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको थियो ।

यसले सन् २०१६ मा बनाइएको विश्वव्यापी औसत तापक्रमको कीर्तिमान पनि तोडेको छ । युरोपेली संघको जलवायु अनुगमन एजेन्सी कोपर्निकसका अनुसार यो वर्षको जुलाई ६ मा विश्वको औसत तापक्रम १७.०८ डिग्री सेल्सियस पुगेको छ । ग्लोबल वार्मिङका कारणमा तेल, कोइला र ग्याँस जस्ता जीवाश्म इन्धनहरू जलाउने उत्सर्जन प्रमुख छन् । इम्पेरियल कलेज लन्डनका जलवायु वैज्ञानिक डा.फ्रेडरिक ओट्टो भन्छन्, ‘हरितगृह ग्यासका कारण पृथ्वीको तापक्रममा यस प्रकारको पूर्वानुमान पहिले नै गरिएको थियो ।’

डा.फ्रेडरिकका अनुसार यो प्रवृत्तिको बृद्धिमा शतप्रतिशत मानिसको हात छ । डा. थोमस स्मिथ भन्छन्, ‘हामी अहिले नै गर्मिको रेकर्ड तोडिएको देखिरहेका छौं । अहिले त गर्मी महिना पनि पूरा भएको छैन । मलाई यहि कुरामा आश्चर्य छ ।’ सामान्यतया विश्व स्तरमा एल–निनो प्रक्रियाको प्रभाव सुरु भएको पाँच–छ महिनासम्म देखिँदैन । एल–निनो विश्वको सबैभन्दा शक्तिशाली प्राकृतिक रूपमा हुने जलवायु परिवर्तनको प्रक्रिया हो ।

उष्णकटिबंधीय प्यासिफिकमा यो प्रक्रियाले समुद्रको सतहको पानी तताउँछ जसले गर्दा तातो हावा वायुमण्डलमा सर्छ । यो प्रक्रियाले विश्वव्यापी स्तरमा वायुमण्डलको तापक्रम बढाउँछ । यो वर्षको जुन महिनामा विश्वको औसत तापक्रम पूर्वऔद्योगिक युगको जुन महिनाको तापक्रमको तुलनामा १.४७ डिग्री सेल्सियस बढी थियो । १८०० को आसपासमा औद्योगीकरण सुरु भयोे त्यसपछि मानिसहरूले लगातार ठूलो मात्रामा हरितगृह ग्यासहरू वायुमण्डलमा छोड्दै आएका छन् ।

२०२३ को गर्मीमा के हुन्छ भन्ने कुराको भविष्यवाणी एक दशक पहिले नै गरिएको थियो ? यो प्रश्नको जवाफमा, डा.स्मिथ भन्छन्, ‘जलवायु पूर्वानुमान गर्न प्रयोग गरिएका मोडलहरू दीर्घकालीन प्रवृत्तिहरू अनुमान गर्न प्रभावकारी छन् तर १० वर्षमा हुने परिवर्तनलाइ सही रूपमा अनुमान गर्न सक्दैनन् ।’ उनका अनुसार सन् १९९० को मोडल अनुसार हामी आज जहाँ छौं, त्यो धेरै छ तर आगामी १० वर्षमा अवस्था कस्तो हुन्छ भन्ने सही मूल्याङ्कन गर्न निकै गाह्रो छ । उनी भन्छन्, ‘बढ्दो गएको यो तापक्रम घट्दै जान्छ जस्तो लाग्दैन ।’

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १६:११