शक्तिशाली ब्रह्मपुत्र नदी चिन, भारत र बंगलादेश हुदै समुन्द्र समाहित भएको छ । प्रकृति रुपले चिनको भूमिबाट उदग्म भइ भारत, बंगलादेशको त्रिदेशीय सीमा वारपारको भूमि छिचोल्दै समुन्द्रमा समाहित भएको यसको यात्रामा धेरै सहायक नदीहरूको धार जोडिएका छन् । विभिन्न क्षेत्रहरूमा यसलाई विभिन्न नामद्वारा पनि बोलाइन्छ । जस्तै चिनमा यार्लुंग त्सांगपो, भारतमा ब्रह्मपुत्र, बंगलादेशमा जमुना आदि । पछिल्लो समय यो नदी भारतीय उपमहाद्वीपमा ठूलो भ–ूराजनीतिक विवादको केन्द्र बन्दै गएको छ ।
माथिल्लो रिपेरियन देशको रूपमा रहेको, चीनले यार्लुङ त्सांगपोको तल्लो भागमा लगभग आठ ठुला जलविद्युत परियोजनाहरू (एचपीपी) निर्माण गरेको छ । जसमध्ये केही पहिला नै सञ्चालनमा छन् र केही निर्माणाधीन अवस्थामा छन् । अर्थात् बायु, डागु, जिक्सु, जांगमु, जिचा, लेन्गडा, झोंगडा र लांगजेनमा चिनको प्रस्तावित बिधुत परियोजनाहरु रहेका छन् । चिनको ९ औं प्रस्तावित योजनाबाट ६० गिगावाट विद्युत उत्पादन गर्ने चिनले लक्ष्य लिएको छ । बेइजिङको यो १४ औं पञ्चवर्षीय योजना (२०२१–२०२५) अनुसार तिब्बतको लिन्जी (निन्ची) प्रान्तको मोटुओ (मेडोग) काउन्टीमा ग्रेट बेन्ड (नामचा बारवा)मा निर्माण गर्ने योजना रहेको छ ।
दक्षिण एसियाको सबैभन्दा बढी नदी तटीय मुलुकको रुपमा रहेको बंगलादेशको जनजिवन चिन र भारतीय सीमाबाट बगेर आउने नदीहरूमा अत्यधिक निर्भर छ । ब्रह्मपुत्रलाई बगलादेशमा बोलाइने जमुना नदि दक्षिण एसियाली तल्लो रिपेरियन राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण नदीहरू मध्ये एक हो । जसले त्यहाँका लाखौं जनताको जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव पार्दछ । चीनले यार्लुङ त्साङपोको तल्लो भागमा निर्माण गरिरहेका सबै जलविद्युत परियोजनाहरू यहि नदीमा आधारित (आरओआर) परियोजनाहरू हुन् र यसले भारत र बंगलादेशको तल्लो रिपेरियन समुदायहरूलाई असर गर्ने छैन भन्ने दाबी गर्दै आएको छ ।
मेकोङ नदीको वर्तमान अवस्था चीनको हाइड्रो–हेगेमोनीबाट कसरी तल्लो रिपेरियन देशहरू गम्भीर रूपमा प्रभावित छन् भन्ने ज्वलन्त उदाहरणमध्ये एक हो । चिनले धेरै विकास परियोजनाहरुलाई आफ्नो सुरक्षा रणनितिमा समाहिग गर्दै आगाढि बढाउदै आएको परियोजना अन्तर्गत ब्रह्मपुत्र नदिलाई भारत र बंगलादेशले लिने गरेका छन । बेइजिङले सोहि ‘राष्ट्रिय सुरक्षा’को अन्तर्गत रणनीतिक रुपमा काम गर्दै आएको भारत र बंगलादेशको आशंका रहेको छ । मानवताको लागि ‘साझा प्राकृतिक स्रोतहरू’को रुपमा रहेको यो त्रिदेशीय नदि चिनको भूमिमा रहेको यार्लुङ त्सांगपो–भारतमा, ब्रह्मपुत्र र बगलादेशमा जमुना नदी प्रणालीले मानव जनजिवनसंग धेरै प्रकारका जैविक विविधतालाई समेत आतिथ्य गर्दै आएको छ ।
चिनद्धारा भइरहेका विकास निर्माणले नदिको वहा, कटान र तिनै देशको ठुलो क्षेत्रका प्राकृतिक जिवन चक्रलाई खलबलाउने सम्भावनालाई निम्त्याउने खतरा बढने आरोपहरु लागिरहेको छ । जसले दुर्लभ प्रजातिका वनस्पति र जीवजन्तुहरूको आवास आधारको रुपमा समेत भुमिहरुलाई समेत असर पारिरहेको भारतीय विशलेषकहरुको भनाइ छ । यो नदीको मुद्दा सिनोइन्डियन संवाद एजेन्डामा अपेक्षाकृत नयाँ थप पनि हो । यसका साथै रिपेरियन मुद्दाहरू सहयोग भन्दा विवादको अर्को स्रोत ब्रह्मपुत्र बनिरहेको छ । भविष्यमा जलविद्युत डेटाको जिम्मेवार साझेदारी र जलस्रोतको समान वितरणका लागि नदी किनारका राज्यहरूबीच मैत्रीपूर्ण परामर्शमा भन्दा पनि चिनको गोप्य विसका निर्माण, सैन्य गतिविधि र एकहोरो निर्णयले उत्पन्न मतभेद र अविश्वासले एशियाकै शान्ति सुरक्षालाई ठुलो प्रभाव पार्न सक्ने सम्भावनालाई नकार्न सकिदैन ।
तीन देशबीच चलेका धेरै वार्ता–संवाद, सम्झौताहरूको बाबजुद, चीनबाट आएको जलविज्ञान जानकारी भारतले घुमारो प्रणालीबाट मात्र पाउने गरेको छ । यतिमात्र होइन यसबारे पाउने डाटाको लागि उसले ठूलो मूल्य नै चुकाउने गरेको छ । तर ढाकाको बेइजिङसँगको द्विपक्षीय सम्बन्धको तित्ता घट्न सक्छ, यदि चीनले ब्रह्मपुत्रको तल्लो भागमा बाँध बनाएर नयाँ दिल्लीलाई प्रति–आन्दोलन गर्न बाध्य बनायो भने । यसैले अवैध प्रवास, पानी साझेदारी आदि जस्ता सान्दर्भिक मुद्दाहरूलाई थप बिगार्न पनि सक्छ । दक्षिण–उत्तर जल स्थानान्तरण परियोजना (एसएनडब्लुटीपी) अन्तर्गत तिब्बती नदीहरू (ब्रह्मपुत्र–जमुनासहित)लाई उत्तर–पश्चिम चीनमा रेड फ्ल्याग नहरमार्फत पानी बदल्ने बेइजिङको योजना प्रति बंगलादेश र भारतले नियमित रूपमा शंका गर्नुको साथै समय समयमा चिन्ता व्यक्त गर्दै आएका छन् ।
बंगलादेश पानीको लागि बाह्य स्रोतहरूमा धेरै निर्भर छ र जमुना नदी उसको लागि बाह्य पानीको सबैभन्दा ठूलो स्रोत पनि हो । राष्ट्रिय तथ्याङ्क अनुसार बंगलादेशको कम्तीमा ६० प्रतिशत जनसंख्या ब्रह्मपुत्रको जलग्रहण क्षेत्रमा निर्भर छन् । यस क्षेत्रमा चीनले निर्माण गरिरहेको विभिन्न गतिविधिले गर्दा हुने भूस्खलन र खानी (बहुमूल्य धातु र दुर्लभ पृथ्वी तत्वहरूको लागि)ले सियांग र कामेंग सहायक नदीहरूको हाल सालको कालोपनबाट स्पष्ट रूपमा तलतिर नदिमुनिको सतह, सिल्टेशन, नदी वहाव क्षेत्रको गुणस्तर र प्रवाहको क्रमलाई गम्भीर रूपमा प्रभाव पार्छ । बंगलादेशी अधिकारीहरूले समय समयमा चिनीय निमार्णको बिरोध गर्नुका साथै टिप्पणी गर्दै आएका छन् । केहि बर्षदेखि बंगलादेशलले बर्खामा ठुलो बाढीका साथै सुख्खा मौसममा कम पानी वा सुख्खाको मार खेप्नुपरेको छ । जवकि उनीहरूलाई सबैभन्दा बढी पानीको आवश्यकता त्यहि समयमा हुन्छ ।
यी टिप्पणीहरू अपस्ट्रीम रिपेरियन देशहरूको प्रकाशमा छन् जसमा चीन विशेषगरी उनीहरूको आवश्यकता अनुसार पानी छोड्नको लागि लाभ उठाइरहेको छ । बंगलादेशको बीआरएसी विश्वविद्यालयका प्रोफेसर एमेरिटस डा. ऐनुन निशात, वातावरणीय मुद्दाका एक प्रमुख विज्ञको अनुसार चिनको बाँध निर्माणले जमुनामा निर्भर स्थानीय समुदायलाई उनीहरूको जीविकोपार्जनको लागि गम्भीर क्षति पुर्याउनुहुँदैन । चीनको पानीको डाइभर्सन, बिजुली उत्पादन बाहेक, बंगलादेश र भारतका लाखौं तल्लो किनारका समुदायहरूलाई हानिकारक साबित हुन सक्छ भन्ने आशंका डा. ऐनुन निशातकोे रहेको छ । उनले यो समस्यालाई कम गर्नका लागि ढाकाले नयाँ दिल्लीसँग नजिक बढाउँदै संयुक्त प्रयासबाट मात्रै सम्भव हुने डा निशासतले बंगलादेश सरकारलाई यहि महिनाको पहिलो हप्तामा सुझाव दिएका छन् ।
बंगलादेशको ग्रीन युनिभर्सिटीका प्राध्यापक तथा कुलपति गोलाम समदानी फकीरले ब्रह्मपुत्र–जमुनामा चिनियाएचपीपीको दीर्घकालीन वातावरणीय प्रभावको मूल्याङ्कन गर्ने सम्भावना दुविधा भएको टिप्पणी गर्दै भन्छन्, ‘एकातिर तटिय किनारका मानव वस्तीमा जनसंख्या वृद्धिले सरकारको प्राथमिकता निर्धारण गर्ने अर्को दुविधा पनि हो, चाहे वातावरण सुरक्षित गर्ने वा जनताको आधारभूत आवश्यकता पूरा गर्ने ।’ पर्यावरण अभियानकर्ता नदी जनताका महासचिव शेख रोकोनले चीनले भविष्यमा कुनै पनि बाँध निर्माण गर्नुअघि बहुपक्षीय छलफल गर्नुपर्ने बताउँछन् । बंगलादेश सेनाका ब्रिगेडियर जनरल मोहम्मद शाहीनूल हकले बंगलाभर्षण अनलाइन पत्रिकामा दिएको अन्र्तवातामा तल्लो तटवर्ती क्षेत्रको रूपमा बंगलादेशमा खाद्य सुरक्षा र दिगो जीविकोपार्जन प्राप्त गर्न भारतसँग पानीको साझेदारी महत्वपूर्ण रहेको सुझाव दिएका छन् ।
उनले सह–नदी किनारका देशहरूसँग व्यवहार गर्ने, समान लाभहरू बाँड्ने, उप–क्षेत्रीय सहयोग र बेसिन–व्यापी दृष्टिकोणले नदी किनारका देशहरूसँग निरन्तर सम्बन्ध कायम राख्न लामो यात्रा तय गर्ने टिप्पणी गरे । सीमा विवाद र राजनीतिक विश्वासको अभावले बाँध निर्माण गर्नु नै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले विकासोन्मुख क्षेत्रहरूमा स्रोत प्रतिस्पर्धालाई बढाउने उनले अनुमान गरेका समस्या पनि हुन् । नदी विवादित क्षेत्रबाट गुज्रिरहेका कारण चीन, भारत र बंगलादेशबीच बहुपक्षीय पानी साझेदारी सम्झौता हुन सकेको छैन । यसको निकास द्विपक्षीय सहयोग आवधिक विज्ञ बैठकहरूको छलफल र हाइड्रोलोजिकल डाटा साझेदारी सम्झौताहरूमा सीमित छ, र यी कुराहरु पनि चिनको कारण असफलताको अधीनमा छन्, जस्तै २०१७ मा, जब चीनले डोकलाम गतिरोधको समयमा भारतबाट डाटा रोकेको थियो । भविष्यमा चीन–भारत द्वन्द्वमा बंगलादेश र ब्रह्मपुत्र अवांछनीय प्रतिनिधिको रूपमा काम गर्न सक्ने उच्च सम्भावना छ ।
केही नदीहरू प्राकृतिक, जंगली, घुमाउरो अवस्थामा बाँकी छन् । जलविद्युत, सिंचाई र भित्री नौवहनको बढ्दो मागले बाँध निर्माण र अन्य नदी पूर्वाधारको तीव्र विस्तारलाई बढावा दिइरहेको छ, नदीहरूलाई विघटन र टुक्रा टुक्रा पार्दै । ब्रह्मपुत्र नदीको उदगम क्षेत्रमा चिनियाँ बाँध निर्माणले बंगलादेश र भारतको गम्भीर ध्यानजानु सम्भावीक पनि हो । किनकि यसले एशियाको सबैभन्दा घना बस्ती भएको लाखौं मानिसहरू लाई असर पुर्याइरहेको छ । बेइजिङले बंगलादेशी र भारतीय अधिकारीहरू र जलविज्ञान विशेषज्ञहरूलाई सरकारी योजनाहरू साथै निर्माण स्थलहरूमा निरन्तर पहुँचको अनुमति दिनुपर्छ । बंगलादेश र भारतका स्थानीय जनता र अधिकारीहरूसँग वास्तविक परामर्श बिना ब्रह्मपुत्रमा चीनको हाइड्रो–हेगेमोनिक गतिविधिहरू प्रति–उत्पादक साबित हुन सक्छ, र जलवायु परिवर्तनको धेरै ठूलो मुद्दामा पहिले नै कमजोर वनस्पति, जीवजन्तुलाई अपरिवर्तनीय क्षति पुर्याउन सक्छ ।
अनिल तिवारी । काठमाडौं