सूचनाको शक्ति - The Power Of Information

        

प्रधानाध्यापकबाटै १२ वर्षीया बालिका बलात्कार !

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

प्रहरीले तनहुँ ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई बालिका बलात्कारको आरोपमा सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो ।

गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार १२:२९