आज बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ।
दिउँसो र राति पनि यी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै, अन्य क्षेत्रका एक/दुई ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा हुने उहाँले बताउनुभयो। काठमाण्डौमा पनि दिउँसो पानी पर्ने अनुमान छ । तर, आज लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् झाले बताउनुभयो ।
उहाँका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली छ।
सत्यपाटी संवाददाता । काठमाडौँ