सूचनाको शक्ति - The Power Of Information

        

रेशम विरहीकाे १३ औं कृति

कविता लेखनको ५० वर्षमा साहित्यकार विरहीको ‘प्रतिरोधको लय’

असोजको पहिलो साता बजारमा आउने

अग्रज साहित्यकार रेशम विरहीले आफ्नो कविता लेखन यात्राको ५० वर्षमा नयाँ कविता सङ्ग्रह ‘प्रतिरोधको लय’ सार्वजनिक गर्दै छन् ।
५० वटा कविता सङ्ग्रहित कविता सङ्ग्रहलाई इन्डिगो इन्कले सार्वजनिक गर्न लागेको हो ।

असोजको पहिलो साता बजारमा आउने कविता सङ्ग्रहले सामाजिक संरचनामा अस्वभाविक विवेद, प्रतिरोधको आवाजलाई आफ्नो कविता संग्रहमार्फत् अभिव्यक्त गरेका छन् । उनको यो १३ औं कृति हो ।

चितवन गितानगरको अरुणोदय विद्यालयमा पढ्दादेखिनै कविता लेख्न थालेका विरही कविता, निबन्ध र उपन्यास विद्यामा उत्तिकै कलम चलाउँछन् । बिरहीको आगामी फागुनमा नयाँ उपन्यास प्रकाशन गर्ने तयारी छ ।

गोर्खा जिल्लामा जन्मिए पनि चितवन, नेपालगन्ज, काठमाडौँमा लगायत क्षेत्रमा यायावरीय जीवन बिताएका विरही साहित्य मात्र नभएर पत्रकारिता क्षेत्रमा चिरपरिचित छन् ।

क्यान्सरसँगको पैठजोरीमा समेत जित हासिल गरेका विरहीले ‘देब्रे आँखा’ (२०७२) र ‘सत्ता र स्वप्नदोष’ (२०७७) दुई निबन्ध सङ्ग्रह र ‘प्रेमदासको डायरी’ (उपन्यास) गरी एक दर्जन बढी पुस्तक लेखेका छन् ।

यो उमेरमा पनि यसरी लेखनमा सक्रिय हुनुको रहस्य उनले आफ्नो इच्छाशक्तिलाई मान्ने गर्छन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतवार १९:२८