सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा १ हजार ५७५ भारतीय तिर्थयात्री अलपत्र, उद्दार गरिदिन भारतीय विदेशमन्त्रीको आग्रह


काठमाडौं । नेपालका विभिन्न ठाउँमा अलपत्र परेका १ हजार ५७५ जना भारतीय तिर्थयात्रीहरुको उद्दारका लागि भारत सरकारले नेपाली सेनासँग आग्रह गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली दूतावासमार्फत यस्तो आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा अलपत्रको विवरण राखेर हटलाइन नम्बर पनि सार्वजनिक गरेकी छन् ।
बाढीपहिरोको जोखिममा हुम्लाको सिमीकोटमा ५२५, हिल्सामा ५५० र तिब्बततिर ५०० तीर्थ यात्री अलपत्र परेको स्वराजले उल्लेख गरेकी छन् । अलपत्र परेका तीर्थयात्रीका लागि आवश्यक खानेकुरा तथा औषधीलगायतका सामाग्रीको व्यवस्था गरी सिमिकोटमा स्वास्थ्य जाँचको व्यवस्थामा प्रभावकारीत देखाउने उनले नेपालस्थित भारतीय दूतावासलाई निर्देशन दिएकी छन् ।
तामिल, तलेगु, कनाडा, मलयालम भाषामा हटलाइनको समेत व्यवस्था गरिएको जानकारीसहित स्वराजले नेपाली नम्बर समेत सार्वजनिक गरेकी छन् । नेपालगन्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहँुदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार ०७:०८