सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस अनुशासन समितिको सचिवमा प्रेम केसी

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको कार्यविधि २०८० लाई संशोधनसहित पारित भएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो ।

यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनीत गर्ने निर्णयसमेत गरेको छ ।

समितिको बैठक सोमबार बिहान ८ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतवार १९:१८