सूचनाको शक्ति - The Power Of Information

        

के हो सेक्सको लत या सेक्स एडिक्सन ?

कुनै पनि कुराको लत लग्नु राम्रो हैन । चाहे त्यो रक्सीको होस् चुरोट खैनीको होस् या अन्य कुनै कुराको लत यसले मानिसको सामाजिक र व्यक्तिगत जीवनलाई ध्वस्त बनाइदिन्छ । लत जेको पनि हुन् सक्छ र कतिपय मान्छेमा सेक्सको पनि लत हुन्छ भन्ने सुन्दा तपाईं–हामीलाई अचम्म लाग्न सक्छ ।

सामान्यतयाः ‘सेक्स एडिक्सन’ या ‘यौनको लत’को बारेमा मानिसहरू खुलेर कुरा गर्न रुचाउन्नन । तर यस्तो प्रकारको लत लागेका मानिसले आफ्नो व्यक्तिगत, पारिवारिक एवं सामाजिक जीवन नै तहस नहस पारिदिन सक्छ ।

के हो त सेक्स एडिक्सन ?

सेक्स एडिक्सन एउटा गम्भीर मनोवैज्ञानिक समस्या हो । यौनेच्छा नियन्त्रणभन्दा बाहिर गएको खण्डमा यस्तो समस्या हुन जान्छ । यस्तो अवस्थामा मानिस प्रत्येक पल सेक्सको बारेमा मात्रै सोच्ने हुन्छ । हामीहरूको सामान्य बुझाई के रहेको हुन्छ भने पुरुषअरू मात्र सेक्स एडिक्ट हुने गर्दछन्, तर यो सत्य भने होइन महिलाहरू पनि पुरुष जत्तिकै सेक्स एडिक्ट रहेको पाइएको छ ।

वास्तवमा सेक्समा रुचि राख्नु, यसमा अत्यधिक सक्रिय रहनु या एडिक्ट नै हुनु सबै फरक फरक फरक कुरा हुन् । यस्ता एडिक्टअरूले उसको गतिविधिले उसको व्यक्तिगत जीवन उसको परिवेश लगायत समाजलाई कस्तो असर पारिरहेको छ भन्नेबारे समेत ध्यान दिंदैन । कतिपय अवस्थामा यस्तो प्रकारको लातले मानिसलाई अवसादको चरम सीमासम्म लैजाने भएकाले उसले आत्महत्या जस्ता खतरनाक कदम समेत उठाउन सक्छ ।

यस्तो अवस्थालाई ‘अब्सेसिभ कंपल्सिभ डिसअर्डर’ भन्ने गरिन्छ । नेपालमा यसकोबारेमा अध्ययन भएको कुनै प्रमाण त भेटिन्न तर यस्तो प्रकारको समस्या नेपालमा नदेखिएको भने होइन । अब तपाईंको साथीमा पनि कतै यस्तो प्रकारको लत त छैन भन्ने कुरा थाहा पाउन केहि लक्षणहरूमा ध्यान दिनुपर्ने हुन्छ ।

कुरा लुकाउने

यदि तपाईंको साथीले तपाईं बाट सानासाना कुरा लुकाइराखेको छ र कुनै पनि कुरामा आवश्यकता भन्दा बढी गोपनियता कायम गर्न खोजिराखेको छ भने त्यस्तो अवस्थामा केही समस्या आउन सक्छ ।

त्यस्तै भेटूँ भन्दा या फोन गर्दा अनेकथरि बहाना बनाएर कुरा लुकाएको जस्तो गरिराखेको छ भने पनि उसमा यस्तो लत लागेको हुन् सक्छ । तर यी लक्षणहरू देखिंदैमा तपाईंको साथी सेक्स एडिक्ट भइहालेको भने नहुन सक्छ । यसका केही अन्य लक्षणहरू पनि छन् जसको राम्ररी निरीक्षण गरेर मात्र निष्कर्षमा पुग्न सकिन्छ ।

सधैँ सेक्सकै बारेमा सोची रहनु

यदि तपाईंको साथीले जीवनका अरु अवश्यकीय पक्षहरूलाई नजरअन्दाज गरेर हरेक समय सेक्सकै बारेमा मात्र सोचिरहन्छ भने पनि ऊ सेक्स एडिक्ट भएको हुन् सक्छ । यस्तो व्यक्तिको मष्तिष्क सधैं अस्थिर रहने हुन्छ ।

सधैँ उत्तेजक साहित्य खोजी खोजी पढ्नु

यदि तपाईंको साथीले इन्टरनेटमा खोजी खोजी उत्तेजक तस्बिर या भिडियोहरू हेर्ने गर्छ भने पनि ऊ सेक्स एडिक्ट भएको हुन् सक्छ । यस्तो व्यक्ति पत्र–पत्रिकाहरू या इन्तार्नेत्मा हरेक समय ‘सेक्सुअली एक्सप्लिसिट’ भनेर व्हिनिएको विषय वस्तु कोजी खोजी हिँड्ने गर्दछ ।

विशेषज्ञहरूका अनुसार यदि दुई यौन साथीहरू सँगै त्यस्तो सामग्री हेर्छन् भने यसले तिनीहरूको सम्बन्धमा रोमांचकता ल्याउँछ, तर यसको साटो यदि तपाईंको साथी एक्लै सबै कुरा बिर्सेर यस्तो सामग्री हेर्छ र त्यस बेला सबैलाई बिर्सिन्छ भने त्यो लक्षण भने कदापी ठिक होइन ।

उत्तेजक स्वैरकल्पना

यस्ता मान्छेहरू उत्तेजक खालका कल्पनाहरूमा डुबिरहन्छन् । यस्ता कल्पनाहरू अवास्तविक र अति काल्पनिक सम्म हुने गर्दछन् । यस्तो खालको समस्या भएका मानिसहरू लामो समयसम्म अवास्तविक यौनिक कल्पनालाई वास्तविक मानिरहेका समेत हुन् सक्छन् ।

आपराधिक प्रवृत्ति

यस्ता व्यक्तिहरूमा यौनजन्य अपराधहरू गर्ने प्रवृत्ति रहेको हुन्छ । उनीहरू मौका पाउनासाथ यौनजन्य हिंसामा प्रवृत्त हुन सक्छन् । विपरित लिंगीलाई जिस्क्याउने, अपशब्द प्रयोग गर्ने या आक्रमण गर्ने जस्ता काम यस्ता व्यक्तिबाट हुन् सक्छन् ।

जीवनप्रति उदासीनता

यस्ता मानिसहरूमा सेक्सप्रतिको अत्यधिक चाहले गर्दा जीवनप्रतिको उदासीनता देख्न सकिन्छ । यसले गर्दा उसको दैनन्दिन जीवनका कामहरू रोकिने हुन सक्छन् । उसले घर या अफिसको काममा ध्यान नदिन सक्छ बरू ऊ हरेक समय यौनिक विषयवस्तु भएको साहित्य या श्रव्य–दृश्य सामग्रीमा भुलिरहेको हुन्छ ।

चरम यौन असन्तुष्टि

यतो मानिसमा देखिने एउटा लक्षण चरम यौन असन्तुष्टि पनि हो । जसका कारण उसका धेरै यौन सथीहरू हुन सक्छन् तर पनि उसले अन्य महिला या पुरुषसँग सम्बन्ध स्थापित गर्ने लोभ गरिराखेको हुन्छ ।

यस्ता मानिसहरूले आफु बसेको स्थानको मर्यादा केहो भन्नेसमेत बिर्सेर यौनजन्य क्रियाकलापहरूको अपेक्षा गरिरहेका हुन् सक्छन् । साथै चरम यौन असन्तुष्टिकै कारण यस्ता मानिसहरू बारम्बार हस्त मैथुन गर्दा पनि सन्तुष्ट हुँदैनन् र आफ्नो साथीसँग पीडादायी यौन व्यवहार समेत गर्ने गर्दछन् ।

अस्थिर सम्बन्ध

यस्ता मानिसहरूको यौन व्यवहार अस्थिर सम्बन्धहरूको शृंखला रहेको हुन्छ । उसले जतिबेला पनि जुनसुकै पनि अपरिचित व्यक्तिसँग यौन सम्बन्ध स्थापित गर्न हिच्किचाहट मान्दैन । उनीहरू चाँडो चांडो यौन साथीहरू बदलिरहन्छन् । र उनीहरूलाई सम्बन्धहरूमा यौन बाहेक अरु चीज नै देखिन्न ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १७:१०