जुवा खेलिरहेको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सात जनालाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।
उनीहरूको साथबाट चार लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । अध्यक्ष लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए ।
पक्राउ पर्ने अन्यमा मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् । सातै जनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
सत्यपाटी संवाददाता । पोखरा