सूचनाको शक्ति - The Power Of Information

        

कोइलावास आँखा उपचार केन्द्र सहयोग समितिको बैठक सम्पन्न

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित कोइलावास आँखा उपचार केन्द्र सहयोग समितिको बैठक तथा समिक्षा कार्यक्रम सम्पन्न भएकाे छ।

May be an image of 5 people and text

बैठकमा कोइलावास आँखा उपचार केन्द्रका प्रमुख सुरज साहुले आर्थिक बर्ष २०७९/०८० को प्रगति प्रतिवेदन र प्रमुख प्रशासक सम्शेर थापाले आर्थिक बर्ष २०८०/0८१ को आगामी कार्यक्रम वजेट तथा एक बर्षमा पुरागर्नुपर्ने लक्ष्य, उद्धेश्यको विषयमा जानकारी गराउनु भएको थियो ।

May be an image of 7 people and text

साथै आँखा उपचार केन्द्रको गुरुयोजना र उपचार केन्द्रको विकासका लागि विभिन्न कार्यक्रमहरुको वारेमा जानकारी गराएको थियो । नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्काको विशेष उपस्थीतिमा भएको बैठकमा संघका सचिव घनस्याम सुवेदी, सहयोग समितिका सदस्यहरु अब्दुल कुदुस सिद्धिकी, केशव अधिकारी, सवि अधिकारी, पदमप्रसाद पुडासैनीलगायतको सहभागीता रहेको थियो ।

May be an image of 4 people and text

साथै सहयोग समितिले उपचार केन्द्रको गुरुयोजना अनुसार आँखा उपचार केन्द्रको विकासका लागि लुम्विनी प्रदेश सरकार योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसी संग भेटगरि प्रस्तावना समेत पेश गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १८:५१