सूचनाको शक्ति - The Power Of Information

        

मुटुको नसा अवरुद्ध हुँदा कसरी थाहा पाउने ?

आजको खराब खानपान र जीवनशैलीका कारण सानै उमेरमा गम्भीर रोग लाग्न थालेको छ । शरीरलाई तन्दुरुस्त राख्न मुटुलाई फिट राख्नुपर्छ, मुटुले साथ दिएन भने सानै उमेरमा हृदयघातको जोखिम बढ्छ ।

यही कारणले गर्दा पछिल्ला केही वर्षयता हृदयघातका घटना बढिरहेका छन् । यद्यपि जब मुटुका नसाहरु अवरुद्ध हुन थाल्छन तब शरीरमा केहि लक्षण देखिन्छन् । समयमै पहिचान गर्न सके हार्ट ब्लकेजको समस्याबाट जोगिन सकिन्छ । मुटुको अवरोध कसरी थाहा पाउने ?

  • हार्ट ब्लकको प्रारम्भिक लक्षण छाती दुख्ने गुनासो हो । यदि बारम्बार अचानक छाती दुख्छ भने यसलाई बेवास्ता गर्नुहुँदैन ।
  • मुटुको नसा बन्द हुँदा चक्कर आउने समस्या पनि हुन्छ, चक्कर लाग्दा बेहोसी महसुस भए तुरुन्त चिकित्सक सँग सम्पर्क गर्नुपर्छ ।
  • थकान मुटुको नसा बन्द हुनुको लक्षण पनि हो । रगतको प्रवाह राम्रोसँग हुन नसके थकान र सास फेर्न गाह्रो हुने समस्या उत्पन्न हुन्छ । यो अक्सर तब हुन्छ जब हामि व्यायाम वा मर्निङ वाक गर्छौ ।
  • मुटुका नसाहरू अवरुद्ध हुँदा वाकवाकी लाग्ने र बान्ता हुने समस्या पनि हुन सक्छ। यदि अक्सर यस्तो हुन्छ भने यसलाई बेवास्ता गर्नुहुँदैन । धेरै अवस्थामा मानिसहरूले यो समस्यालाई गम्भीरतापूर्वक लिँदैनन् र परिणाम गम्भीर हुन्छ ।
  • हार्ट ब्लकेजको समस्यामा मुटुको धड्कन अनियमित हुन थाल्छ । मुटुको धड्कन अनियमित भएको महसुस भए चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

विशेष जानकारी यी सुचना तथा सुझावहरु सामान्य जानकारीका लागि मात्र हुन् । यसलाई कुनै डाक्टर वा चिकित्सा पेशेवरको सल्लाहका रूपमा लिनुहुँदैन । रोग वा संक्रमणको लक्षणका मामिलामा डाक्टर संगको परामर्श अनिवार्य छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १८:०१