सूचनाको शक्ति - The Power Of Information

        

सिके राउत दिल्लीमा

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत भारतको दिल्ली पुगेका छन् ।

देशमा राजनीति संक्रमण बढ्दै गइरहेको बेला उनी आज दिल्ली पुगेका हुन् ।

उनी दिल्ली किन गएका हुन् भनि खुलेको छैन यद्यपि पार्टीको विशेष काम लिएर उनी त्यहाँ गएको पार्टी स्रोतले जनाएको छ । सो क्रममा केही भेटघाट समेत भएको बताइएको छ ।

उनी यसअघि जेठको दोस्रो साता दिल्ली पुगेका थिए । त्यहाँ उनले भाजपाका केही नेतासँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार ०६:३७