सूचनाको शक्ति - The Power Of Information

        

`पशुपतिप्रशाद २´ को टिजर सार्वजनिक (भिडियो)

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक गरिएको छ  ।

सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार विपिन कार्कीलाई प्रस्तुत गरिएको छ । उनले बोलेको डायलगले दर्शकलाई सिधै हलको बाटो देखाइदिने दुई मत छैन ।

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन´ मा सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, लोकेन्द्र लेखक लगायतका अन्य कलाकारहरूलाई अभिनय रहेको छ ।

फिल्मको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भूमिकामा देखिने छन् ।फिल्मलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मका निर्माता पनि उनी स्वयं हुन् ।

नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको सङ्गीत रहेको सिनेमा टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको छ । आगामी बडा दसैँको फूलपातीबाट फिल्म प्रदर्शनमा आउदै छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १८:१०