सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार एवम लेखक डिल्लीप्रसाद आचार्यको निधन

पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ ।

उहाँको ८६ वर्षको उमेरमा गएराति काठमाण्डौमा निधन भएको हो ।

पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो ।

विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिनुभएका आचार्यले लामो समय पत्रकारिता गर्नुभएको थियो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उहाँका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

लेखक एवम पत्रकार आचार्यकाे लेख याे लि‌ंकमा पढ्न सकिन्छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार १७:३८