सूचनाको शक्ति - The Power Of Information

        

धान खेतमा किन पुगे उत्तर कोरियाका तानाशाह किम ?

अहिलेसम्म तपाईले उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई मिसाइल र रकेट लिएर देख्नु भएको होला तर यतिबेला उनी धान खेतमा देखिएका छन् । उनको मन र दिमागमा कुनै परिवर्तन भइरहेको छ वा अन्य कुनै कारण छ भन्ने अझै खुलेको छैन ।

तर यतिबेला उत्तर कोरियामा खाद्य संकट छ, त्यसैले उनी धानबाली हेर्न धानबारी पुगेका हुन् सक्ने जनाइएको छ । समाचार अनुसार खाद्य उत्पादन बढाउनका लागि उनले सेनालाई समेत परिचालन गरेका छन् । सो कार्यमा उपलब्धी हासिल भएको देखिएपछि सेनाको प्रशंसा गर्दै उनले आफूमाथिको जिम्मेवारी थपिएको बताए ।

‘हामी खाद्य संकटबाट गुज्रिरहेका बेला कुनै पनि जमिन खाली रहन नपरोस्,’ उनले भने । केसीएनएका अनुसार यतिबेला उत्तर कोरियामा खाद्यान्न संकट गहिरिएको छ । यसअघि सन् १९९० मा प्राकृतिक प्रकोपका कारण भोकमरीको सामना गर्नुपरेको थियो । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय सिमानामा सुरक्षाकर्मी बढेमा संकट थपिने विज्ञहरू बताउँछन् ।

यसबाहेक किमको बारेमा भनिएको छ कि उनले सेनालाई बलियो बनाउन सबै साधन प्रयोग गरिरहेका छन् र यसले आम जनताको जीवनमा असर गरिरहेको छ । समाचारअनुसार खेतीयोग्य जमिनको प्रत्येक टुक्रालाई बेवास्ता गर्न नसकिने र त्यसका लागि हेलिकप्टर र अन्य हलुका यातायातका विमान प्रयोग गर्ने निर्णय गरिएको बताइएको छ ।

खेतमा हुर्किरहेको बालीलाई नोक्सान नहोस् भनेर कीटनाशक छर्कनमा पनि जोड दिइएको छ । उता हालै देखिएको हावाहुरीका कारण बालीनालीमा क्षति पुगेको बताइएको छ । जसका कारण करिब १४ हजार कोरियाली नागरिकलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार १७:२९