सूचनाको शक्ति - The Power Of Information

        

राजस्वले थाल्यो सय किलो सुन जोख्ने प्रक्रिया, कति आउँला तौल ?

राजस्व अनुसन्धान विभागले बरामद गरेको सय किलो सुन जोख्ने प्रक्रिया सुरु गरेको छ । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सुन जोख्ने प्रक्रिया अघि बढाइएको हो ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ । बरामद सुन कति छ भन्ने यकिन भइसकेको छैन ।

ब्रेक सु प्याकिङसहित जोख्दा १५५ किलो भएको थियो । तर त्यसमध्ये सुन कति छ भन्ने छुट्टिएको छैन । करिब सय किलो सुन भएको राजस्वको अनुमान रहेको छ ।

अब यसलाई जोखेर यकिन गर्न लागिएको हो । राजस्व अनुसन्धान विभागले साउन २ गते काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार ११:५६