सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुनिल शर्मा पक्राउ परेपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेलसँग छलफल गर्न शीतल निवास पुगेका हुन् ।

मोरङ क्षेत्र नं.३ बाट निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले आजै दिउँसो गल्फुटारबाट पक्राउ गरको थियो । शर्मा पक्राउ परेपछि शीतल निवाससँगै रहेको सीआइबीमा भीड लागेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १८:४७