सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा च्याउ खाँदा ६ जना बिरामी

बर्दियाको गुलरिया नगरपालिका–१० रत्नापुरमा च्याउ खाँदा ६ जना बिरामी परेका छन् । स्थानीय रामनरेश रैदासले गाउँ नजिक रहेको बगैंचाबाट ल्याएको च्याउ खाँदा स्वास्थ्य स्थिति बिग्रेपछि अस्पताल पुर्याइएको छ ।

बिरामी पर्नेमा गुलरिया–१० का शत्रुधन रैदास, सोही गुलरिया–११ का सन्दिप रैदास, सुन्दरी रैदास, सोही गुलरिया–४ की श्रृयाकुमारी रैदास, फूलकुमारी रैदास र गुलरिया–७ कि निशाकुमारी रैदास च्याउ खाएर बिरामी परेका हुन् ।

उनीहरुको गुलरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुदिपराज शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १६:५४