सूचनाको शक्ति - The Power Of Information

        

इक्वेडरमा राष्ट्रपति उम्मेदवारको गोली हानी हत्या

इक्वेडरमा आसन्न राष्ट्रपति निर्वाचनका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको हत्या गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी क्वेटोमा बुधबार आयोजित चुनावी र्‍यालीमा सहभागि भएका फर्नान्डोमाथि सशष्त्र आक्रमणकारीले गोली प्रहार गरेका हुन् ।

घटनामा केही घाइते भएका छन् । राष्ट्रपति गुईलेर्मो लासोले आक्रमणकारीलाई जुनसुकै हालतमा कानूनी कठ्घरामा उभ्याउने आश्वासन दिंदै उच्च सुरक्षा अधिकारीहरूको आपतकालीन बैठक बोलाएका छन् ।

इक्वेडरमा यही अगष्ट २० तारिखमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । चुनावी मैदानमा उभिएका ८ जना उम्मेदवारहरुमध्ये फर्नान्डो पनि एक थिए । पछिल्लो मत सर्वेक्षण अनुसार उनले ७ दशमलव ५ प्रतिशत मत पाउने अनुमान गरिएको थियो ।

एक पत्रकार र राजनीतिक अभियन्ता फर्नान्डो इम्वेडरका जनतामाझ लोकप्रिय थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १०:१०