सूचनाको शक्ति - The Power Of Information

        

पछिल्लो २४ घण्टामा कहाँ पर्‍यो सबैभन्दा धेरै पानी ?

पछिल्लो २४ घण्टामा कैलालीको चिसापानीमा सबैभन्दा धेरै वर्षा भएको छ । उक्त केन्द्रमा ४२४.२ मिलिमिटर वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा देशभर मापन गरिएका २५२ वटा वर्षा मापनकेन्द्रमध्ये २३१ वटामा वर्षा भएको जनाएको छ ।

विभागका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्मको अवधिमा उक्त वर्षा मापन गरिएको हो ।

वर्षा मापन गरिएका केन्द्रहरुमध्ये आठवटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र १५ वटा केन्द्रमा १५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १८:२१