सूचनाको शक्ति - The Power Of Information

        

बाँकेबाट १० जना नेविसंघको केन्द्रिय सदस्य मनोनित

बाँकेका १० जना नेविसंघको केन्द्रिय सदस्य मनोनित भएका छन् ।

दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा १० जना मनोनित भएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले देशभरका ७१० जनालाई केन्द्रिय सदस्य मनोनित गर्ने क्रममा बाँकेका पनि १० जना परेका हुन् ।

केन्द्रिय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बाँकेबाट हिमबहादुर शाही, अर्जुन तिवारी, विशाल खड्का, चन्द्रप्रकाश देवकोटा, चक्र रावत, विक्रम ओली, अस्लम भाट, श्रीदेवी थारु, राम पाण्डे र देवनारायण काफ्ले केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

May be an image of text

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १८:१२