भालुबाङ -प्यूठान सडकखण्डको गर्जेनीमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको छ ।
माण्डवी गाउपालिका १ गर्जेनीमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।
गत साउन १७ गते सोही स्थानमा पहिरो खस्दा ५ दिनपछि गत आइतबार साँझ सडक खुलाइएकोमा मंगलबार पुनः बन्द भएको हो ।
पहिरो खस्ने क्रम अझै रोकिएको छैन ।
सत्यपाटी संवाददाता । प्यूठान