सूचनाको शक्ति - The Power Of Information

        

पसलेले बेइज्जत गर्दा पसलको सबै सामान किनेर भुइँभरी छरिदिएपछि…

चाउचाउ बेच्ने एकजना पसलले एक व्यक्तिलाई तिमीले यो किन्न सक्दैनौ भने । यो सुनेर ती व्यक्तिले अपमानित महसुस गरे । बदला लिन उनले सबै चाउचाउ किनेर भुइँमा फ्याँकिदिए ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । ती व्यक्तिले पसलेलाई ८५० युआन दिएर सबै चाउचाउका प्याकेट किनेर खेर फाले । कुरा चीनको शानडोङ प्रान्तको हो ।

उक्त भिडियो स्थानीय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । घटना २४ जुलाइका दिन राति बजारमा भएको थियो । साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ती व्यक्तिले पसलेलाई एक कचौरा चाउचाउको मूल्य १४ युआन धेरै भएको बताए ।

उनले बारम्बार त्यसमा मिसाइएका सामग्रीको बारेमा सोधिरहे । त्यसमा एउटा अण्डा र दुई वटा भेज लिभ्स मात्रै रहेको पसलेले बताए । त्यसपछि त्यो मानिसले पसलेलाई भने, ‘त्यसोभए १४ युआनमा कुन हिसाबले बेचिँदैछ ? यो धेरै महँगो छैन ?’ पसले केही बोलेनन् ।

त्यसपछि व्यक्तिले भने, ‘तपाइँ के गर्दै हुनुहुन्छ ?’ पसलेको छोराले भने, ‘किन्न नसके यहाँबाट जाऊ ।’ त्यसपछि ती व्यक्तिले प्रत्येक प्याकेटको मूल्य सोधे र सबै किन्ने बताए । उनले ८५० युआन दिए र सबै प्याकेट किनेपछि ती प्याकेटहरू भुइँमा राखे र खुट्टाले कुल्चीदिए ।

त्यसपछि उनले केही रकम क्षतिपूर्ति पनि दिए । यसपछि पसलेको छोराले माफी मागे तर व्यक्तिले भने कि ‘जे मेरो हो के म त्यसलाई बिगार्न पनि सक्दिन ?’ सामाजिक सञ्जालमा यो विषयलाई लिएर बहस भएको छ ।

एक प्रयोगकर्ताले भने, ‘उनले तपाईलाई गाली गरे र तपाईले उनलाई ८५० युआन दिनुभयो । के तपाइँ सही हुनुहुन्छ ?’ अर्का एक व्यक्तिले भने, ‘यो युवाले गरेको मूर्खता हो ।’

स्रोत : एजेन्सी
प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार ०८:१८