सूचनाको शक्ति - The Power Of Information

        

मेयर बालेनले पाए विद्यावारिधि गर्न फेलोसिप

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले विद्यावारिधि (पीएचडी)का लागि फेलोसिप पाएका छन्। काठमाडौँ विश्वविद्यालयले फेलोसिप दिएको जानकारी उनले आफ्नो सामाजिक संञ्जाल फेसबुकमार्फत गराएका हुन्।

बालेनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन्। नगर प्रमुख साहले काठमाडौँ विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागि आवेदन दिएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार ०९:५६