कैयौं पटक रिस उठ्नुको कारण मुड खराब हुनु मात्र हुँदैन । तपाईंको रिसका पछाडि खानपिनले पनि अहम भूमिका खेलिरहेको हुन्छ ।
आयुर्वेदमा यस्ता खानालाई राजसिक श्रेणीमा राखिन्छ । जानौं, रिस बढाउनमा कस्ता खानाहरूको विशेष भूमिका रहन्छ ।
मसालेदार खाना
मसालेदार खानाले रिस बढाउने काम गर्छ । यदि, तपाईंले तनाव महसुस गरिरहनु भएको छ भने तपाईं मसलादार खाना खानबाट बच्नुपर्दछ । किनकि, मेटाबोलिज्म सुस्त हुनाले गर्दा खाना पच्न पाउँदैन । जसकारण एसिड रिफ्लेक्स हुन्छ र चिडचिडाहट बढ्छ ।
ट्रान्स फ्याट
क्यालिफोर्निया युनिभर्सिटीमा गरिएको एक अध्ययनअनुसार जति धेरै ट्रान्स फ्याट खाइन्छ, त्यति नै रिस धेरै उठ्ने गर्छ । यस्तो हुनुको कारण ट्रान्स फ्याटले मेटाबोलिज्मलाई प्रभावित पार्ने गर्छ ।
क्याफिन
धेरै कफी पिउँदा निद्रा लाग्दैन जसले गर्दा तपार्ईलाई धेरै रिस उठ्न सक्छ । यसले तपाईं चिडचिडा पनि हुन सक्नुहुन्छ । त्यसैले सुत्नुभन्दा ३ घण्टा अगाडि देखि चिया कफीको सेवन गर्नुहुँदैन ।
प्रशोधित खाना
कतिपयलाई कुकिज, चिप्स तथा पास्ता, चाउचाउ, बिस्कुट आदि खाने एकदमै इच्छा हुन्छ । यसले तपाईंको रिस बढाउन सक्छ । यसले शरीरमा सुगरको मात्रा अचानक बढ्छ जसले गर्दा मुड स्विंग हुन थाल्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं