सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० साउन २१ गते आइतवारको राशिफल

२०८० साउन २१ गते आइतवार, ६ अगस्ट २०२३ । अधिक श्रावण कृष्णपक्ष पञ्चमी तिथि, १२ः५१ बजेपछि षष्ठी । उत्तरभाद्रपदा नक्षत्र, ९ः०८ बजेपछि रेवती । चन्द्रराशि मीन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समयमा होश नपुग्नाले फजुल खर्च बढ्नेछ । परिवारजनबाट टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्ला । सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि लाभ मिल्नेछ । भौतिक साधन जुट्नेछन् । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

बिस्तारै अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम सम्पादन गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ । सहयोगी जुटाउन नसकिएला । अस्वस्थ शरीर लिएर पनि काममा जुट्नुपर्ने समय छ । अवसरका लागि केही त्याग गर्नुपर्ला । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सानातिना काममा अल्झनुपर्दा मुख्य काम रोकिन सक्छ । शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन् । व्यवसाय र अध्ययनमा समय दिन नसकिएला । आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । फजुल खर्च बढ्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मनग्य धनलाभ हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

हिम्मतले काम बनाउन सकिनेछ । यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिवश अध्ययनमा पछि परिनेछ भने व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । स्वास्थ्यमा देखिएको कमजोरीले आँटेका काममा बाधा उत्पन्न होला । पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ । नयाँ योजना प्रारम्भ गर्न मुस्किल पर्ला । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बेसुरमा गरिएका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । श्रम गरीकन उचित मूल्य प्राप्त नहुन सक्छ । आश्वासन बाँड्नेहरूको भरपर्दा दुःख पाइनेछ । परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ । घर–गृहस्थीमा समस्या आउने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रशस्त धन आर्जन गर्ने मौका छ । केही समय पर्खिएर अघि बढ्दा फाइदा हुने देखिन्छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा आँट गर्न नसक्दा फाइदा कममात्र हुनेछ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । आफ्ना कामजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिएलान् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । तर धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतवार ०७:२६