सूचनाको शक्ति - The Power Of Information

        

धनगढीमा पत्रकारलाई करशक्तिबारे अनुशिक्षण


धनगढी । करशक्तिबारे नेपाल पत्रकार महासंघ बाँकेले प्रदेश नम्बर ५, ६ र ७ का १० जिल्लाका पत्रकारलाई अनुशिक्षण दिएको छ । अनुशिक्षणमा बाँके, बर्दिया, दाङ, सुर्खेत, डोटी, बाजुरा, रुपन्देही, पाल्पा, नवलपरासी र कैलालीका २/२ जना पत्रकार सहभागी छन् ।
करशक्ति र यसको प्रभाव अनुशिक्षणको मुख्य विषय रहेका छन् । सर्वसाधारणले तिरेको कर शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको प्रभावकारिताबारे चर्चा गरिएको थियो । त्यस्तै समान र न्यायोचित कर प्रणालीबारे समीक्षा गरिएको छ ।
कार्यक्रम कैलालीको धनगढीमा गरिएको हो । पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा एक्सनएडका पश्चिमाञ्चल संयोजक सरोज पोखरेल, पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, निवर्तमान केन्द्रीय सदस्य झलक गैरे, प्रशिक्षक विशाल रानामगर बोलेका थिए । पत्रकार महासंघ बाँके सचिव तिलक गाउँलेले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष रुपा गहतराजले गरेकी थिइन् । कार्यक्रममा पत्रकार महासंघ बाँके सहसचिव काशीराम शर्मा, कोषाध्यक्ष केशव राना लगायतको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ०७:३७