सूचनाको शक्ति - The Power Of Information

        

झापा कारागारमा कैदीबन्दीबीच झडप, स्थिति तनावपूर्ण

झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । झडप के कारणले भएको भन्ने यकिन भएको छैन । कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरी सुरक्षाकर्मी पनि भित्र पस्न नसकेको अवस्था छ । कैदीबन्दीले प्रहरी र सुरक्षाकर्मी विरुद्ध नारावाजी गरिरहेका छन् । झडपका क्रममा पुरुष कारागारभित्र गलागी भइरहेको छ भने भित्रबाट ढुंगा प्रहार समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगलागीका कारण धुँवाको मुस्लो देखिएको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको छ । कारागारको चारैतिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १७:०१