सूचनाको शक्ति - The Power Of Information

        

‘सेक्स’पछि महिलाले पार्टनरबाट के चाहन्छन् ?

महिला तथा पुरुषका रुचि एवं विशेषता फरक–फरक हुन्छन् । महिलाहरू यौन साथीसँग खुलेर नबोले पनि उनीहरू पुरुषले आफूले नबताई आफ्नो मनको कुरा बुझिदिऊन् भन्ने चाहन्छन् ।

यौन साथीसँग खुलेर कुरा गर्न संकोच माने पनि महिलाहरूमा पुरुषले आफ्नो मनोभावना बुझेर सोहीअनुसार व्यवहार गरून् भन्ने भावना हुन्छ तर सबै पुरुषमा महिलाको यस्तो भावना बुझ्ने सामथ्र्य हुँदैन । फलस्वरूप सम्बन्धमा समस्या देखा पर्न सक्छ ।

सामान्यतया पुरुषहरूमा जति बढी पटक यौन सम्पर्क गरिन्छ त्यति नै महिला यौनसाथीलाई खुसी राख्न सकिन्छ भन्ने धारणा पाइन्छ । यो कुरा केही हदसम्म सत्य भए पनि व्यस्त आधुनिक जीवनशैलीमा त्यसो गर्न सम्भव नहुनसक्छ ।

हरेक दिनको सट्टा हप्ताको एक दिन समर्पित समय बिताउने हो भने श्रीमान्–श्रीमतीबीच प्रेमभाव बढ्नुका साथै आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ । रोमान्स वैवाहिक जीवन एवं यौन सम्पर्कको सुरुवातका लागि अपरिहार्य मानिन्छ, तैपनि कहिलेकाहीँ महिलाहरू रोमान्स छाडेर यौनसाथीबाट केवल यौन सम्पर्कको चाहना राख्छन् ।

यस्तो अवस्थामा यौनसाथीले उनीहरूको मनोभाव बुझ्न सकेनन् र इच्छापिवरीत व्यवहार गरे भने महिलाहरू रुष्ट हुन्छन् । फलस्वरूप सम्बन्धमा दरार देखा पर्नसक्छ । सम्भोगपछि प्रायस् पुरुष आफू स्खलित हुनेबित्तिकै मुख फर्काएर सुत्छन्, तर महिलाहरू त्यस्तो व्यवहार रुचाउँदैनन् ।

महिलाहरू सहवासपछि पनि यौनसाथीले प्रेमपूर्ण स्पर्श, आलिङ्गन एवं आफूप्रति ध्यान दिएको रुचाउँछन् जुन कुरा अधिकांश पुरुष बुझ्न सक्दैनन् । यो सुन्दा सामान्य विषय भएतापनि वैवाहिक जीवनमा यसले निकै प्रभाव पार्दछ । पुरुषले सदैव महिलाहरूको मनको नजिक रहन चाहने हो भने उनीहरूको इसारा बुझ्न सक्नुपर्छ ।

महिनावारीका क्रममा हार्मोनमा आउने परिवर्तनले महिलाहरूको मुड परिवर्तन गर्छ । यस्तो बेला कसैलाई अधिक यौनेच्छा हुन्छ भने कोही यौन सम्पर्कबाट टाढै रहन चाहन्छन् । यस्तोमा पुरुषले उनीहरूको मनोभाव बुझेर सोहीअनुरूप व्यवहार गर्ने प्रयास गर्दा सम्बन्ध दिगो हुन्छ ।

स्मार्ट टिप्स के होलान् ?

यौन सम्पर्कमा महिला यौनसाथीका अगाडि आफूलाई अब्बल साबित गर्ने चक्कर वा दबाबमा पुरुषहरू गम्भीर हुन्छन् । यदि यस्तो गरिन्छ भने आफ्नो व्यवहार बदल्नु आवश्यक छ किनभने महिलाहरू अन्तरंग क्षणमा यौनसाथीसँग ठट्टा गर्ने मुडमा हुन्छन्, जसले आत्मीयता बढाउँछ ।

  • अधिकांश महिला सुस्त गतिको यौन सम्पर्कलाई महत्व दिन्छन् ।
  • महिलाहरू यौन साथीसँग अश्लील कुराकानी गर्न चाहन्छन् । यस्तो बेला पुरुषहरू चुपचाप हल्लिइरहेको उनीहरूलाई निको लाग्दैन ।
  • यौन सम्पर्कपछि आफूले पिल्स प्रयोग गर्नुभन्दा पुरुषले कन्डम प्रयोग गरून् भन्ने महिलाहरूको अपेक्षा हुन्छ ।
  • महिलाहरू पुरुषले आफूलाई बेडरुममा कुरेर बसिरहेको भन्दा आफ्नो काममा सहयोग गरेर काम सकिएपछि अन्तरंग क्षणको मजा लिन रुचाउँछन् ।
  • यौन सम्पर्कका क्रममा साह्रै बढी तनाव तथा पीडा महिलाहरूका लागि रुचिकर हुँदैन ।
  • एक अध्ययनअनुसार ७५ प्रतिशत महिला यौन सम्पर्कको सर्वोत्तम अनुभव चाहन्छन् भने पुरुषहरूबाट केही बढी नै अपेक्षा राख्छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १४:४१