सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रको लेखामा शक्तिशाली अधिकृतको हालिमुहाली

सशस्त्र प्रहरी बलमा पछिल्लो समय धेरै सुधार भए पनि कतिपय पावरफुल अधिकृतहरुको अझै हालिमुहाली छ । जून हालै भएको लेखापालहरुको सरुवाले देखाउँछ । पाँच बर्षसम्म केन्द्रीय लेखामा बसेर अुकत आर्जन गरेका डिएसपी गणेश मल्ललाई बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको लेखामा सरुवा गरिएको छ ।

यस्तै, डिएसपी उर्मिला थापालाई स्टाफ कलेजको लेखापाल बनाइएको छ । यी दुई सशस्त्रका यस्ता भाग्यमानी अधिकृत हुन्, जसले जागिरदेखि अहिलेसम्म उपत्यका छाड्नुपरेको छैन । उर्मिला यसअघि अस्पताल, कार्य बिभाग, एकेडेमीमा लेखापालका रुपमा काम गरेकी थिइन् । अहिले पोखरास्थित हुलदंगा ब्यबस्थापन तालिम केन्द्रमा सरुवा भएकोमा तत्काल काज गराएर स्टाफ कलेज जान सफल भएकी छिन् ।

बाघबैरब गुल्म कान्तिपथको गुल्मपति रहेकी डिएसपी रजनी थापा पनि उपत्यकामै बस्दै आएकी छिन् । इन्सपेक्टर प्रमिला श्रेष्ठ जागिरको २० औं बर्षमा पनि भ्याली बाहिर गएको रेकर्ड छैन । यता लेखापालहरु कोहि काठमाडौ छोड्नु नपर्ने र कोही भ्याली आउन नपाउने जस्तो छ । सुर्खेत बाहिनी सरुवा भएका डिएसपी महेन्द्र हमाल कल्याणकारी सेबा केन्द्रमा काजमा राखिएका छन् ।

भुकम्पले चर्काएको घर करोडौं मुल्यमा अस्पताललाई बेचेर भ्रष्टाचार गरेको आरोप उनलाई फेरि कल्याणकारी सेवा केन्द्रको जिम्मामा आउन सफल भएका छन् । उता आइजिपी राजु अर्याल पशुपतिनाथ बाहिनिमा बाहिनीपति हुँदा लेखापाल रहेका सुदनराज गिरी आइजिपीको मान्छे हुँ केन्द्रीय लेखा जांँदैछु भनेर गफ दिँदै हिँडेकोमा अहिले हिस्स भएका छन् ।

केन्द्रीय लेखा त सरुवा भए तर बिगतमा गणेश मल्लको हैसियतमा आउन खोजेका उनलाई पहिलो गांसमै ढुंगा लागेको छ । किनकि, केन्द्रीय लेखाको जिम्मा अब एसपी सुरेश खतिवडालाई दिइएको छ । जसका कारण गिरी हिस्स परेका हुन् । यता जो आइजी आए पनि चाकडी गर्न खप्पिस डिएसपी तारा केसी १ नं. बाहिनीबाट ५ नं. बाहिनीमा लेखापाल जान सफल भएका छन् ।

विगतमा शैलेन्द्र खनाल आजिपी हुँदा उनका पिए नारायण गुरुङको चाकडी गरेर बिपद् ब्यबस्थापन तालिममा इटली समेत गएका थिए । लेखाको मान्छे विपद् तालिममा जानु अनौठो थियो । पेट्रोल पम्पमा बसेर तर मारेका इन्सपेक्टर बिजय थापा ककनी तालिम केन्द्रमा जान सफल भएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार ०८:५७