सूचनाको शक्ति - The Power Of Information

        

शिक्षक सेवा आयोगको परीक्षा सर्‍यो

लोकसेवा आयोगको परीक्षासँग जुधेपछि शिक्षक सेवा आयोगले लिने परीक्षा सरेको छ । असोज ६ गतेका लागि तोकिएको प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गतेका लागि सरेको हो ।

असोज ६ गते लोकसेवा आयोगले दिने खरिदारको परीक्षासँग जुधेपछि सारिएको शिक्षक सेवा आयोगले जनाएको छ । असोज १३ गत शनिवारका दिन तोकिएकै स्थान र समयमा सञ्चालन हुने र परीक्षा सम्बन्धी अन्य व्यवस्था पुर्व सूचना अन्सार नै रहने आयोगले जनाएको छ ।

असार १ गते बसेको आयोगको बैठकले प्रावि शिक्षकको खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत विषयगत परीक्षा असोज ६ गते निर्णय गरेको थियो । असार ६ गते लोक सेवा आयोगले लिने खरिदार पदको समेत परीक्षा परेपछि शिक्षकको परीक्षा सारिएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १९:३७