सूचनाको शक्ति - The Power Of Information

        

जीपको ठक्करबाट बाँकेमा दुई जना घाइते

बाँकेको राप्तीसोनारी गाउँपलिकास्थित पूर्व–पश्चिम् राजमार्गमा जीपको ठक्करबाट मोटरसाइकल सवार दुई जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमवार बिहान ९ बजे राप्तीसोनारी– ९ ढकेरीमा पश्चिमतर्फबाट रुकुम जाँदै गरेको बा १९ च ५५७८ न को स्कार्पियो जीपले पूर्व तर्फबाट कोहलपुरतर्फ आउँदै गरेको भे ९ प ९१२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा जनक कुसारी र अर्जुन कुसारी घाइते भएका छन् ।

घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने स्कार्पियो र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १८:१९