सूचनाको शक्ति - The Power Of Information

        

आफू घर नआउँदै छोराको अन्तिम संस्कार गरेको रिसमा सैनिकले गोली चलाएपछि…

प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रबाट एउटा चकित पार्ने घटना बाहिर आएको छ । यहाँ एक सिपाहीले घर पुग्नुअघि नै छोराको अन्तिम संस्कार गरेको भन्दै आक्रोशित भएर गोली चलाएका छन् ।

उक्त गोलीबारीमा अन्त्येष्टिमा सहभागी हुन आएका १३ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना बालबालिका पनि रहेका छन् । यो मुद्दा कंगोको पूर्वी इटुरी प्रान्तको अल्बर्ट तालको किनारमा रहेको न्याकोवा गाउँसँग सम्बन्धित छ ।

सेनाका प्रवक्ताले भने कि सिपाहीले आफ्नो वरपरका मानिसहरूमाथि गोली चलाएका थिए । जसमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । अभियुक्त कंगो नौसेनाका सिपाही हुन् । गोली चलाएर उनी फरार भएका छन् । उनको खोजी भइरहेको छ ।

सुरक्षा निकायले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । गोलीबारीमा ९ बालबालिकासहित १३ जनाको मृत्यु भएको गाउँ प्रमुख ओस्कर बारका मुगुवाले बताए । आफ्नो बच्चालाई आफूविना दाहसंस्कार गरिदिएपछि सिपाही दुःखी भएको उनले बताए ।

सिपाहीले गोली चलाएका व्यक्ति उनका परिवारका सदस्य रहेको बताइएको छ । गोली लागेर सैनिककी श्रीमती, उनका ससुरा र दुई छोराको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १५:४२