सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सिनेम्याटिक अनुभवमा नयाँ बेन्चमार्क ‘सिने रोयल’

नेपालमा तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल ‘सिने रोयल’ सञ्चालनमा आएको छ । जसले नेपाली चलचित्रप्रेमीलाई नयाँ स्वाद पस्कने छ । यससँगै यसले नेपालका सिनेमा घरहरूप्रतिको वर्तमान धारणालाई परिवर्तन गर्ने अपेक्षा गरिएको छ । अत्याधुनिक प्रविधि, आलिशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिने रोयलले नेपालमा सिनेमा थिएटरका लागि नयाँ बेन्चमार्क स्थापित गरेको छ ।

तीन ओटा आँडिटोरियममा ५६० सीटहरूको साथ, सिने रोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट नमूना पनि हो । गतिशील युवा डा.राहुल थापाको वर्षौंको अनुसन्धान र मेहनतको परिणामको रुपमा यो रंगमञ्चलाई लिन सकिन्छ । यहाँ संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम छ । नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ ।

थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सीटहरूको आरामदायी मिश्रण प्रदान गर्दछ । सिनेरोयलले अत्याधुनिक अग्नि सुरक्षा प्रणाली र पूर्णरूपमा अग्नि–प्रतिरोधी अडिटोरियमहरूको साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पालना गरेको छ । सिनेमा अनुभवको पुनरुत्थानको प्रतिज्ञा गर्दै, सिनेरोयलले वास्तवमै देशको चलचित्र प्रदर्शनी उद्योगमा एक नयाँ बेन्चमार्क सेट गरेको छ ।

जसले चलचित्र दर्शकहरूलाई उनीहरूले कहिल्यै नबिर्सने अनुभवको आभाष छोडेका छन् । यस थिएटरको उद्देश्य भारतका चलचित्र प्रेमीहरूलाई पनि आकर्षित गर्नु हो र यसले निश्चित रूपमा पर्यटनमा योगदान पुर्याउनेछ, जहाँ सीमा पार बस्ने चलचित्र प्रेमीहरू समेत यस असाधारण चलचित्र अवलोकन यात्राको एक हिस्सा हुने हाम्रो बिशवास रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १५:३७