सूचनाको शक्ति - The Power Of Information

        

कीर्तिमानी बलर ब्रोडद्धारा सन्यासको घोषणा

इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ड ब्रोडले ओभल भइरहेको अस्ट्रेलयाविरूद्धको पाँचौं एसेज टेस्टको समाप्तिपछि सन्यास लिने बताएका छन् ।

३७ वर्षीय ब्रोडले इंग्ल्यान्डका लागि १६७ टेस्टमा ६०२ विकेट लिएका छन् । उनी टेष्ट इतिहासमा टिम सहकर्मी जेम्स एन्डरसनपछि दोस्रो सबैभन्दा सफल बलर हुन् । पाँचौ टेस्टमा जित हासिल गरे इंग्ल्यान्डले सिरिज २–२ को बराबरी गर्ने छ ।

ब्रोडले श्रृङ्खलामा २० विकेट लिएका छन्, जुन इंल्याण्डका खेलाडीले सबैभन्दा धेरै हो । अस्ट्रेलियाविरुद्धको कीर्तिमानी १५१ टेस्ट विकेट लिएर उनी एसेज क्रिकेटमा इङ्ल्यान्डका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन् ।

ब्रोडले १२१ एकदिवसीय अन्तर्राष्ट्रिय र ५६ टी–२० खेलेका छन् । २०११ र २०१४ बीच टी–२० टोलीको नेतृत्व गरेका उनले २०१६ देखि भने टेस्ट मात्र खेलेका छन् । सन् २००७ को डिसेम्बर ९ देखि १३ तारिखसम्म भएको श्रीलंकाविरुद्घको टेस्टमा उनले ‘डेब्यू’ गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतवार १६:१३