सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनकार्यतालिका सार्वजनिक भएको छ ।

आगामी भदौ २ गते हुन गईरहेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको हो ।
आगामी भदौ २ गते संघको निर्वाचन तोकिएको छ ।

त्यसका लागि साउन १४ गते आईतबार मतदाताको नामावली प्रकाशन, १५ र १६ गते मतदाताको नामावली माथी दावि विरोध, १७ गते मतदाताको नामावली माथी दावि विरोधको छानविन तथा अन्तिम मतदाता नामावली प्रकाशित गरिने छ ।

यसैगरि, १९ गते उम्मेद्वारको दरखास्त दर्ता, २० गते उम्मेद्वारको प्रथम नामावली प्रकाशन, २१ गते प्रथम पटक प्रकाशित उम्मेद्वारको नामावली उपर दावि विरोध र उम्मेदवारको प्रकाशित प्रथम नामावलीमा परेको दावि विरोधको सुचना प्रकाशन २२ गते गरिनेछ ।

यसैगरी उम्मेदवारको प्रथम नामावली उपर परेको दावि विरोधको छानविन गरी उम्मेदवारको नामावली प्रकाशन र २४ गते उम्मेदवारको सूचिबाट नाम हटाउन उम्मेदवारले दरखास्त फिर्ता लिन निवेदन गर्ने तथा उम्मेद्वारको अन्तिम नामाली पनि यसैदिन प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।

संघको निर्वाचनका लागि भदौ दुई गते विहान आठ बजेदेखि मतदान सुरु भई साँझ पाँच बजे सकिनेछ भने, तिन गते विहान आठ बजेदेखि मतगणना सुरु हुने छ ।

यसैविच निर्वाचन सम्बन्धी कार्यहरु नेपालगन्ज उद्योग वाणिज्य संघको भवनमा निर्वाचन आयुक्तको कार्यालय, नेपालगन्जमा सम्पन्न हुने जनाईएको छ । तर, मतदान र मतगणना हुने स्थान भने सुचना प्रकाशित गरी तोकिने छ ।

मतदान गर्दा मतदातालाई परिचय पत्र अनिवार्य रहेको निर्वाचन अधिकृत माधव प्रसाद शर्माद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतवार ०८:०२