युवतीको स्कर्ट मुनी खिच्न ट्रकमा क्यामेरा राख्ने एक अधबैँसेलाई प्रहरीले पक्राउ गरेको छ । जापानका ४४ वर्षका अधबैँसेलाई आफ्नो ट्रकमुनी विभिन्न क्यामरा जडान गरी आफ्नो ट्रकमा चढ्ने युवतीको स्कर्ट मुनी भिडियो खिचेको आरोपमा पक्राउ गरिएको हो ।
भोयुरिजम र अपस्कर्ट फोटोग्राफी जापानमा यति व्यापक रूपमा फैलिएको छ कि यसका लागि शब्द पनि छ, चिकन । यो शब्दले अनैतिक रूपमा महिलाको स्कर्टमुनि सहमतिबिना तस्बिर खिच्ने प्रयास गर्ने पुरुषबारे वर्णन गर्छ । ती अधबैँसेले आफ्नो डेलिभरी ट्रकमा कम्तीमा चार क्यामेरा जडान गरेको पाइएको छ ।
उनले ती क्यामेरामार्फत युवतीहरू, कोही प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीको स्कर्ट मुनीको भिडियो खिच्ने गर्दथे । उनको ट्रक मुनि क्यामेरा भेटिएपछि प्रहरीले उनको घरमा छापा मा¥यो र सयौँ भोयुरिस्टिक भिडियो समावेश भएको ३० भन्दा बढी हार्ड ड्राइभ फेला पारे । ती अधबैँसेले आरोप अस्वीकार गरेपछि अधिकारीले पीडितको सङ्ख्या हजारभन्दा भएको आशङ्का गरेका छन् ।
गत वर्षको सेप्टेम्बर र डिसेम्बरमा क्योटोका सातोसी निसिमुराले क्योटो र उजी सहरका थुप्रै युवतीको भिडियो अनैतिक तरिकाले खिचेको पाइयो । उनका एक जना महिला सहयोगीले यस्तै खालको एउटा भिडियो देखेपछि अधिकारीलाई यसबारे उजुरी दिएकी थिइन् । निशिमुराले आरोप अस्वीकार गरे । तर उनले डेलिभरी ट्रकमा चारवटा क्यामेरा जडान गर्नुको चित्तबुझ्दो कारण भने खुलाउन सकेनन् ।
ट्रकको बम्पर र अगाडिको टायर नजिकै क्यामेरा राखिएका थिए, सबै माथितिर फर्किएका थिए । प्रहरीका अनुसार गत वर्षको सेप्टेम्बर र डिसेम्बरमा उनले प्राथमिक विद्यालयका छात्रा र प्लस टुका छात्रा गरी आठ जनाको भिडियो खिचेको पत्ता लगाए । तर उनको घरमा भेटिएको प्रमाणले यसमा उनको संलग्नता निकै अघिदेखि थियो भनेर दर्साउँछ । प्रहरीले यसमा उनी पछिल्लो ११ वर्षदेखि संलग्न भएको अनुमान गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं