सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरबाट ४१ लाख बढीको मोबाइल डिस्प्लेसहित एक जना पक्राउ

सशस्त्र प्रहरीले बाँकेको कोहलपुरबाट करिब ४२ लाख रुपैयाँ बराबरको बिभिन्न ब्रान्डका मोबाइलका डिसप्लेसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नं. ३० गण नेपालगन्ज र राजश्व चुहावट नियन्त्रण सुरक्षा वेश कोहलपुरको संयुक्त टोलीले कोहलपुर-११ स्थित कृषिबजार चोक नजिकैबाट भारतका ३६ वर्षीय नावेद अलीलाई ४१ लाख ८१ हजार रुपैयाँ बराबरका मोबाइलका अवैध डिस्प्लेसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार  सवार साउन १० गतेका दिन से ७ प ८९९९ नम्बरको मोटरसाईकलबाट तस्करी गरेर लैजाँदै गर्दा नियन्त्रणमा लिइएका अलिलाई अवैध मोबाइल डिस्प्लेसहित आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार बुझाइएको जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १८:४२