सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । मङ्गलबारदेखि बढ्न सुरु गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ ।

यसअघि साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा १०० रुपैयाँ मात्र कम हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार ११:३६