सूचनाको शक्ति - The Power Of Information

        

कोशी प्रदेश सरकारको वैधानिक वहस आज पनि

कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतमा बुधबार पनि वहस निरन्तर हुने भएको छ ।

मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ । बुधबार पुनः वहस जारी रहने छ ।

गत सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि चाहिने बहुमतका लागि हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको छ भने सर्वोच्चले कुनै पनि दीर्घकालिन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले थापा सरकारविरुद्ध सर्वोच्चमा गत असार २२ मा रिट निवेदन दिनुभएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार ०९:३६