सूचनाको शक्ति - The Power Of Information

        

बाढी–पहिरोका कारण देशभर ५ सडकखण्ड अवरूद्ध

बाढी र पहिरोका कारण देशभर ५ वटा सडकखण्ड अवरुद्ध बनेका छन् ।

सडक विभागका अनुसार अहिले भालुवाङ-लिवाङ रोल्पा माडीचौर दारबोट सडकखण्ड अन्तर्गत प्यूठानको खहरे खोलामा सडक अवरुद्ध भएको छ ।

यसै सडकखण्डको गर्जेनीमा समेत सडक अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पास्थित कालीमाटीमा समेत सडक अवरुद्ध बनेको सडक विभागले जनाएको छ ।

तौलिहवा–गोरुसिङ्‍गे–सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको सितापुरमा समेत मंगलबार सडक अवरुद्ध भएको विभागले अपडेट गरेको विवरणमा उल्लेख छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा मंगलबार बिहानैदेखि पहिरोले आवागमन प्रभावित भएको छ । सो स्थानमा मेसिन तैनाथ गरी एकतर्फी सडक सुचारु गरिएको सडक विभाग भरतपुरले जानकारी दिएको छ ।

यहाँ पहिरो खस्ने क्रम अझै जारी रहेकाले जोखिम भने कायमै रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १४:०६